टोखा–छहरेमा राती सवारी सन्चालन रोक
बिदुर – बर्षात्का कारण पहिरो गएर सडक जोखिमपुर्ण हुनुका साथै दुर्घटना वढेपछि नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राती सडक वन्द गराएको हो । नुवाकोटवाट काठमाडौं प्रवेशका लागि छोटो दुरीको माछापोखरी–टोखा–छहरे–त्रिशूली सडकखण्डमा हि भदौ १ गते सोमवारदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावस्यक वाहेकका सवार िसन्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेगमीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

उनका अनुसार उक्त सडकमार्ग अन्र्तगत टोखा–छहरे सडकखण्डमा रातिको समयमा आवागमन बन्द गरिएको हो । नुवाकोटवाट काठमाडौँ प्रवेश गर्ने छोटो र मुख्य सडकमार्गका रूपमा रहेको शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा वर्षात्का कारण अचानक लेदो, पहिरो तथा गेग्रान आई सडक पटक–पटक अवरुद्ध हुँदै आएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले रातिको समयमा उक्त सडकखण्डमा आवागमन बन्द गर्ने निर्णय गरेको छ । एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनबाहेक अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

वर्षात्को समयमा अत्यन्त जरुरी काम नपरी घरबाहिर तथा रातिको समयमा यात्रा नगर्न र यात्राका क्रममा सावधानी अपनाउन सर्वसाधारण, यातायात व्यवसायी तथा सरोकारवालालाई प्रशासनले आग्रह गरेको छ । वर्षात्को समयमा रातीको समयमा अनावस्यक आवतजावत नगर्नसमेत सचेत गराइएको छ ।











































