नयां तीज गीत “म त परे जालैमा” बजारमा
बिदुर – विशेष पर्व तीज नजिकिदै गर्दा नयां नयां तीज गीतहरु आउने क्रम जारी रहेको छ । सोही क्रममा नयां तीज गीत म त परे जालैमा सार्वजनिक भएको छ । नेपाली महिलाहरुको विषय गीतमार्फत व्यक्त गरिएको उक्त तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएर बजारमा आइसकेको छ ।

अभि सुनारको रचना तथा संगीतमा रहेको नयां तीज गीत म त परे जालैमा गायिकाहरु संगीता तिमिल्सिना, रम्सी लाखै, वावुराम रम्तेलको सुमधुर आवाज रहेको छ । उक्त तीज गीत म त परे जालैमा नेपाली महिलाहरुको विषयलाई उठान गरिएको छ । कमलपोखरी, बोडेलगायतका स्थानमा छायांकन गरिएको उक्त तीज गीतको म्युजिक भिडियोमा अभि सुनार, पार्वती श्रेष्ठ, नवीन्द्र भण्डारी, अन्जु रसाइलीका साथमा बाल कलाकार मैसा भण्डारीले नृत्य गरेकी छन् ।

राहुल बराइलीको निर्देशनमा उक्त म्युजिक भिडियो सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन् । गायिका संगीता तिमिल्सिनाको यो पांचौ तीज गीत तथा ७५ औं गायन हो ।





















































