डेंगु नियन्त्रण अभियान
बिदुर – नुवाकोटको बिदुरमा डेंगु रोकथाम तथा न्युनीकरण अभियान सन्चालन गरिएको छ । सरोकारवालाले विभिन्न सचेतनामुलक कार्यक्रम सन्चालन गरेका छन् ।
जनस्वास्थ कार्यालय नुवाकोटको आयोजनामा मंगलवार विदुर नगरपालिका २ लोकतान्त्रिक चोतारौदेखि बट्टार हावाघरसम्म सरसफाई तथा सचेतनामुलक ¥याली गरिएको छ ।

कार्यक्रम अन्तर्गत “डेंगु तथा अन्य किटाणुजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणको लागि डेंगु सचेतना महिना अभियान तथा लामखुट्टेको बासस्थान खोजी लार्भा नष्ट अभियान बहुक्षेत्रिय समन्वय र जनचेतनामुलक कार्यक्रम“ डेंगु रोकथाम तथा न्युनीकरण सम्बन्धि कार्यक्रम सन्चालन गरिएको हो । कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटीले लामखुट्टेको टोकाइवाट सर्ने डेंगुको नियन्त्रणका लागि सन्चालित सामुदायिक सचेतना अभियान उपलव्धिमुलक रहेको वताइन् । उनले समुदायमाझ सवैले सामूहिक सहकार्यवाट लामखुट्टेको नियन्त्रण अभियान सन्चालन गरिएको वताइन् ।

कार्यक्रममा जनस्वास्थ कार्यालयकी प्रमुख डा. अन्जु कार्की, विदुर नपाका कर्मचारी, स्वास्थयकर्मी तथा सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो । सामुदायिक अभियान अन्र्तगत डेङ्गु सचेतना अभियान गरिएके हो । “बजार र बाटोघाटो सरसफाइ, लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट अभियान” अन्तर्गत समुदायमा सरसफाइ गर्नुका साथै लामखुट्टेका सम्भावित बासस्थान पहिचान गरी लार्भा नष्ट गरिएको हो ।

अभियानका क्रममा स्थानीयवासीलाई डेङ्गु रोगबाट बच्न अपनाउनुपर्ने सावधानीबारे समेत जानकारी गराइएको छ । विशेषगरी घर तथा वरपर पानी जम्न नदिने, पानी जम्ने भाँडाकुँडा नियमित रूपमा सफा गर्ने र लामखुट्टेको बासस्थान नष्ट गर्न आग्रह गरिएको छ । डेङ्गुबाट बच्न घर तथा वरपर पानी जम्न नदिऔँ, लामखुट्टेको बासस्थान नष्ट गरौँ र स्वस्थ रहौँ भन्ने सन्देशसहित अभियान सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।













































