गुणमायालाई ह्वील चियर

मकवानपुर । मकवानपुरको हेटौंडा ६ की ५८ वर्षिया पक्षघातबाट प्रभावित गुणमाया खड्काले ह्वील चियर पाएकी छिन् ।
पक्षघातका कारण हिड्डुल गर्न समस्या भोगिरहेकी खड्का सहयोग पाउँदा खुशी बनिन् । अब ह्वील चियरका कारण केही सहज हुने खड्काका छोरा रत्नले बताए ।
खड्कालाई पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यबाट ह्वील चियर प्राप्त भएको हो । विगत चौध वर्षदेखि पक्षघातबाट पीडित खड्कालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईले ह्वील चियर हस्तान्तरण गरे ।