ओचिण्डद्वारा खानेपानी योजना अनुगमन

र्‍यालेको सहयोगमा सानुटारमा निर्मित खानेपानी योजनाबाट स्थानीय लाभान्वित
लोकखबर
२४ असार २०७६, मंगलवार १३:१५

मकवानपुर । र्‍याले इन्टरनेशनल नेपालको सहयोगमा महिला, बालबालिका तथा वातावरण सुधार मञ्च (ओचिण्ड) मकवानपुरले भीमफेदीमा निर्माण गरेको खानेपानी आयोजनाको आज अनुगमन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर १ र ९ स्थित भैसेको सानुटारमा निर्माण गरिएको खानेपानी योजनाको अनुगमन गरिएको हो । सानुटारमा १९ वटा खानेपानी आयोजना, दश वटा ह्यान्ड वास स्टेशन र पाँच वटा शौचालय निर्माण गरिएको थियो । करिब सात लाख रुपिया लागतमा साँढे २ महिनामा निर्माण गरिएका योजनाको गाउँपालिकाका प्रतिनिधी सहितको सहभागितामा अनुमगन गरिएको हो ।

अनुगमनमा सहभागी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले समाज विकासका लागि हुने कार्यक्रममा आफूहरुले आवश्यक सहयोग गर्ने बताइन् ।

गाउँपालिका वडा नम्बर १ का अध्यक्ष श्यामकुमार बल, खानेपानी योजना समितिका अध्यक्ष दिनेश लामा, ओचिण्ड मकवानपुरका प्रबन्ध निर्देशक उद्वबराज बानिया, पत्रकार बालकृष्ण दाहाल लगायतको अनुगमनमा सहभागिता थियो ।

खानेपानी योजनामा आफूहरुलाई सहयोग भएकोमा स्थानीयले खुशी व्यक्त गरे । ‘विगतमा टाढाबाट खानेपानी बोकेर ल्याउँनुपर्ने बाध्यता थियो ।’ स्थानीय गोपाल कार्कीले भने, ‘ अहिले घरदैलोमै खानेपानीको व्यवस्था हुँदा हामीलाई ठूलो राहत पुगेको छ ।’

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*