चोरी भएको मोटरसाइकल पांच महिनापछि भेटियो
बिदुर – पांच महिना अगाडि चोरी भएको मोटरसाइकल नुवाकोटमा फेला परेको छ । दुर्घटना भएपछि उक्त मोटरसाइकल चोरीको भएको रहस्य खुलेको हो । गत २०८२ साल भदौ ५ गते राती ११ बजेको समयमा काठमाडौ ३१ शंखमुलबाट बिष्ने भुषालको बा.प्र.०२–००१प५१४२ नम्बरको मोटरसाइकल चोरी भएकोमा नुवाकोटमा दुर्घटना भएपछि पांच महिनापटि मोटरसाइकल फेला परेको हो ।
नुवाकोटको बिदुर नगरपालिका ५ पिपलटार स्थित बिशाल कुमालले चलाई दुर्घटना भएको अवस्थामा फेला पारी बरामद गरिएको हुँदा चोरी सम्बन्धि कसूरमा अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यसका साथै अस्थायी प्रहरी पोष्ट बट्टार बसपार्क नुवाकोटबाट गत २०८२ साल फागुन २५ गते गस्तीको क्रममा बेबारिसे अवस्थामा बा.प्र.०२–०५० प ३७४२ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल फेला परेकोमा पांच महिनापछि सम्वन्धि धनीलाई मोटरसाइकल फिर्ता गरिएको छ ।

यसअघि, यातायात व्यवस्था कार्यालयसंग सवारी धनीको विवरण माग गरि नुवाकोटको किस्पाङ गाउँपालिका २ फिकुरीका पुर्णबहादुर तामाङ उक्त मोटरसाइलको सवारी धनी भएको खुल्न आएकोले सम्बन्धित सवारी धनीलाई उक्त मोटरसाइकल बुझाईएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए ।











































