मन्त्रि डा. तिमिल्सिना पुगे वाढीपहिरोग्रस्त स्थलमा

राहत, उद्धार तथा जोखिम न्युनीकरण गर्ने प्रतिवद्धता
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र ८, सोमबार ०१:०१

बिदुर – दुई दिनसम्म परेको अविरल वर्षात्संगै आएको वाढी पहिरोले क्षतिग्रस्त विभिन्न स्थानको सरकारका मन्त्रिले स्थलगत अनुगमन गरेका छन् । पीडित तथा सर्वसाधारणले सरकारी निकायलाई राहत तथा पुर्नस्थापनाको माग गरेका छन् । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतवार वाढी पहिरोले नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरी, पञ्चकन्या र लिखु गाउँपालिकाको विभिन्न स्थानमा क्षति गरेको स्थलको निरीक्षण गरेका हुन् ।

वर्षात्पछि पहिरो तथा वर्षाजन्य विपद्बाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी प्रभावित परिवार र स्थानीय समुदायसँग उनले प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन् ।वाढी पहिरो प्रभावित स्थानयि तहका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधि, विपद व्यवस्थापन समितिका पदाधिकारी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय समुदायसँग अन्र्तक्रिया गर्दै मन्त्रि डा. तिमिल्सिनाले तत्कालीन राहत, उद्धार तथा जोखिम न्यूनीकरणसँगै दीर्घकालीन समाधानका उपायका सम्वन्धमा छलफल गरेका हुन् । विपद्को जोखिममा रहेका नागरिकको सुरक्षा र सुरक्षित बसोबास सुनिश्चितताका लागि सरकारले पहिलो प्राथमिकता दिएको वताउंदै मन्त्रि डा. तिमिल्सिनाले वाढी पहिरो प्रभावित नागरिकको साथमा रहेर स्थानीय तहसँग आवश्यक समन्वय र पहललाई निरन्तरता दिइने वताए ।

एकैदिन नुवाकोटको पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाका पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै सञ्चारमन्त्री तथां नुवाकोट–१ का प्रतिनिधिसभा सदस्यसमेत रहेका डा. विक्रम तिमिल्सिनाले वाढी पहिरो पीडित तथा प्रभावित घरपरिवारका सदस्यसँग प्रत्यक्ष भेटघाट गरी क्षति, समस्या र तत्कालीन आवश्यकताबारे जानकारी लिएका हुन् । उनले जोखिममा रहेका बस्तीको शीघ्र प्राविधिक अध्ययन गर्ने र बसोबास असुरक्षित देखिए तीनै तहका सरकारको समन्वयमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक पहल गरिने प्रतिवद्धतासमेत जनाए । पीडित परिवारलाई तत्कालीन राहत, उद्धार, जोखिम न्यूनीकरण तथा दीर्घकालीन समाधानका उपायहरूबारे छलफल गरिएको छ ।

मन्त्री डा. तिमिल्सिनाले अविरल वर्षाका कारण भएको क्षतिको अवस्थाबारे स्थलगत रुपमा जानकारी लिएका हुन् । निरीक्षणका क्रममा मन्त्री डा. तिमिल्सिनाले वाढीपहिरो प्रभावित गाउंका स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिए । प्रभावित परिवारले पहिरोको जोखिमका कारण घरमा फर्केर बस्न सक्ने अवस्था नरहेको भन्दै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले स्थानीय सरकार र स्थानीय प्रशासनमार्फत भइरहेको उद्धार, राहत तथा व्यवस्थापनको अवस्थाबारे पनि जानकारी लिए । उनले तत्कालीन राहत र व्यवस्थापनसँगै पहिरोको जोखिममा रहेका बस्तीको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताए । ‘प्रभावित क्षेत्रमा स्थानीय प्रशासनमार्फत भइरहेको उद्धार, राहत र व्यवस्थापनलगायतका कामबारे जानकारी लिएका छौं । पहिरोको जोखिमको जतिसक्दो चाँडो प्राविधिक अध्ययन गरी बसोबासका लागि उपयुक्त भए–नभएको यकिन गर्न पहल हुनेछ,’ उनले अगाडि भने ।

मन्त्रि डा. तिमिल्सिनाले जोखिमयुक्त बस्ती बसोबासका लागि अनुपयुक्त देखिएमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने बताए । स्थलगत निरीक्षणका क्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले सञ्चारमन्त्री तिमिल्सिनासहित जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेगमीलगायत सरोकारवालालाई पन्चकन्या गापा ३, ४ र ५ का विभिन्न स्थानमा गएको पहिरो तथा त्यसबाट भएको क्षतिको अवस्थाबारे जानकारी गराएका छन् ।

परेको अविरल वर्षाका कारण पञ्चकन्या गापा–४मा ११ घरपरिवार बसोबास गर्दै आएको बस्ती जोखिममा परेको छ । पहिरोका कारण बस्ती जोखिममा परेपछि प्रभावित परिवारले घर फर्केर बस्न सक्ने अवस्था नरहेको बताउँदै बस्ती नजिकै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन माग गरेका छन् । सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रभावित परिवारको माग र अवस्थाबारे स्थानीय तथा जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

प्राविधिक अध्ययनका आधारमा जोखिमको अवस्था पहिचान गरी प्रभावितको सुरक्षित बसोबासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरिने उनको भनाई छ । निरीक्षणका क्रममा तिमिल्सिनाले प्रभावित बस्तीको भौगोलिक अवस्था, पहिरोबाट भएको क्षति तथा स्थानीयवासीको तत्कालीन आवश्यकताबारे समेत जानकारी लिए । अविरल वर्षातको कारण पन्चकन्याका विभिन्न वडाका समुदाय, बस्ती, सडक पूर्वाधार, सार्वजनिक ठाउँहरूमा बाढीपहिरोले क्षति गरेको पन्चकन्या गापा उपाध्यक्ष विमला पाठककेसीको भनाई छ ।


सर्वाधिक रुचाइएको