कैलाशमा पहिरोमा महिला बेपत्ता

लोकखबर
२७ असार २०७६, शुक्रबार १६:२७

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका ५ कालिखोलामा आएको पहिरोमा परी एक महिला बेपत्ता भएकी छिन् ।
स्थानीय तारामाया पाख्रीन पहिरोमा परी हराइरहेको कैलाश गाउँपालिका वडा नं ५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिए । बर्षा जारी रहेकोकाले खोला तर्न नसकिएको कारण स्थानीयबासिन्दाहरु घटनास्थल पुग्न सकेका छैनन् । हराइरहेकी महिला ५ नं वडा सदस्य मानबहादुर पाख्रीनकी आमा हुन ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *