बाढीको समयमा लुटपाट

– वृद्ध दम्पत्तिलाई नकावधारीले लुटे
लोकखबर
२०८३ भाद्र १४, आईतवार २२:१५

बिदुर – अकल्पनीय बाढीको विपत्ति खेपिरहेको नुवाकोटको व्यस्त बट्टारवजारमा आइतवार लुटपाट भएको छ । वृद्ध दम्पत्तिलाई नकावधारीले लुटेका हुन् ।  बिदुर नगरपालिका ४ वट्टारमा खाना खाएर घरभित्र आराम गरिरहेका वेला स्थानीय ९३ वर्षिय वृद्ध वावुराम शर्माअधिकारी र उनकी धर्मपत्नी कृष्णकुमारी शर्माअधिकारी लुटिएका हुन् । वृद्धले घाटीमा लगाइराखेको सुनको सिक्री र वृद्धाले कानमा लगाइराखेको सुनको टप नकावधारीले लुटेको वृद्ध दम्पत्तिले वताए ।

मुखमा कालो मास्क र टाउकोमा पनि कालै ह्याट लगाई आएका अन्दाजी ३५ वर्षका जस्तो देखिने नकावधारीले खाना खाएर आराम गरिरहेका वेला एक्कासी घरभित्र प्रवेश गरि लुटपाट गरेको वृद्ध अधिकारीले वतए । नकावधारीले वृद्धाको कानको गहना लुटपाट गर्ने क्रममा घाइतेसमेत वनाएका छन् ।

उक्त लुटपाटको घटनाका सम्वन्धमा प्रहरीमा उजुरी दिइसकिएको वृद्ध अधिकारीका भतिजा नवराज शर्माअधिकारीले वताए । प्रहरीले घटनाका सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।


सर्वाधिक रुचाइएको