बाढीवाट पीडितहरुलाई स्वास्थ्य शिविर
बिदुर – बाढीवाट पीडित व्यक्तिहरुलाई लक्ष्यित गरि आइतवार नुवाकोटको बिदुरमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । स्वास्थ्य परिक्षणसंगै आवस्यक औषधिसमेत निःशुल्क प्रदान गरिएको छ ।

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्ट र शुभम इन्टरनेसनल हस्पिटलको संयुक्त आयोजनामा बाढीग्रस्त क्षेत्रका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । चिकित्सकहरुको टोलीले एकैदिन ५१ जना भन्दा वढिको स्वास्थ्य परिक्षण गरि आवस्यक औषधि निःशुल्क वितरण गरिएको आयोजक ट्रष्टका अध्यक्ष डा. केदारनरसिहंक केसीले वताए ।

उनका अनुसार बाढीग्रस्त क्षेत्रका पीडितहरूको स्वास्थ्यको ख्याल गर्दै बाढीपछि उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या, महामारी तथा जोखिमलाई मध्यनजर गर्दै नागरिकहरूलाई आवश्यक स्वास्थ्य परीक्षण तथा चिकित्सकीय सेवा निःशुल्क उपलब्ध गराइँएको हो । पायक पर्ने नागरिकहरुले शिविरमा चिकित्सकमार्फत स्वास्थ्य परिक्षणका साथै स्वास्थ्य परामर्श सेवासमेत लिएका थिए ।




















































