बाढीले क्षतिग्रस्त कृषि वैंकको सेफ भेटियो

सामग्रीहरु सुरक्षित स्थानान्तरण, ढुंगेको सडकको अवरोध हटाइयो
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र १४, आईतवार २२:४०

बिदुर – चीनको भोटेकोसी हुँदै रसुवागढी नाकावाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण नुवाकोटमा त्रिशूली नदीको सवै तटीय क्षेत्र तहसनहस भएको छ । बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज, उद्धार र सुरक्षित स्थानान्तरणको कार्य पांच दिनदेखि लगातार जारी छ । बाढीले क्षतिग्रस्त वनाएको त्रिदेशीय मार्ग अन्र्तगतको वीरगन्ज–गल्छी–विदुर–ढुंगे–वेत्रावति सडकखण्डमा जमेको बाढीको लेदो हटाएर ढुंगेमा आइतवार सडक सफा गरिएको छ । यसवाट आवतजावत खुल्ला भएको छ ।

बाढीमा फसेकाको खोजी, उद्धारका लागि सुरक्षा निकाय तथा स्थानीय तह सक्रिय रूपमा परिचालित छन् । त्रिशूली नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । त्रिशूली नदीमा आइतवार पनि दुई पनि जलसतह वढेको थियो । सर्वसाधारण फेरी बाढी आउने त्रासमा दुई किलोमिटर परसम्म गएर वसेका थिए ।बाढीले क्षतिग्रस्त संरचना र सडकको लेदो पन्छाउने कार्य धमाधम भइरहेको छ । १० थान भन्दा वढि हेभि इक्युपमेण्टमार्फत सडकमा जमेको हिलो तथा बाढीमा डुवेका संरचना पन्छाउने कार्य भइरहेको छ ।

विदुर नगरपालिका १ ढुङ्गे बजार बाढीले डुवाउंदा क्षतिग्रस्त कृषि विकास वैंकको आइतवार सेफलगामयतका लकर तथा कागजपत्रहरु उत्खनन् गरि सुरक्षित रुपमा सथानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उक्त वैंकको नगद राख्ने भल्ट र सुन राख्ने लकर निकालेर सुरक्षित स्थानमा राखिएको हो ।
नुवाकोटको ढुङ्गे बजारमा यही भदौ १० गते वुधवार आएको अकल्पनीय बाढीका कारण क्षतिग्रस्त संरचना तथा सडकमा थुप्रिएको लेदो र माटो डोजरको सहायताले पन्छाउने काम भइरहेको प्रहरी नायव उपरिक्षक विपीन रेगमीको भनाई छ ।

उनका अनुसार बाढीपछि अस्तव्यस्त बनेको बजार तथा सडक क्षेत्रलाई क्रमशः सफा गर्दै आवतजावत सहज बनाउने कार्य जारी छ । आइतवार मात्रै हेलिकप्टर तथा स्थलगत रुपमा ६ सय ३४ जनाको सकुशल उद्धार गरिएको एसपि रेग्मीले वताए । महिला र पुरुष गरि ९५ जनाको शव फेला परेको छ । हेलिकप्टरमार्फत एकहजार आठसय २३ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

चार दिनको अवधिमा तीनहजार २९ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार उद्धचर गरिएकामध्ये एकहजार एकसय २८ जना महिलासहित दुइहजार सातसय ७६ जना नपाली र विदेशी पुरुष एकसय ५६ र विदेशी महिला १९ जना रहेका छन् । कार्यालयका अनुसार भदौ ११ देखि आइतवारसम्म ६२ स्थानमा राहत सामग्री प्रदान गरिसकिएको छ । कोल्पुखोलादेखि मैलुङ शान्ति वजार क्षेत्रसम्म त्रिशूली नदी पारी र वारी गरि ३० स्थानलाई आधार वनाएर सुरक्षा निकायद्वारा शवको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसद रेगमीले जानकारी दिए ।

उनका अनुसार मुल सडकको पुल बाढीले वगाएपछि नुवाकोटको आठ वटा सडकलाई वैकल्पिक सडकको रुपमा सुचारु गरिएको छ । प्रजिअ शम्भुप्रसाद रेग्मीले त्रिशूलीमा आएको भीषण बाढीपछि नुवाकोटमा उद्धार, राहत तथा प्रभावित नागरिकको दैनिक जनजीवन सहज बनाउन विभिन्न कार्यहरु सुरु गरिएको वताएका छन् ।
उनका अनुसार उद्धार, राहत, सडक तथा यातायात, समन्वय तथा सहजीकरणलाई प्राथमिकता दिइएको वताएका छन् । बाढी पीडितहरुलाई नुवाकोटको विभिन्न १६ वटा आश्रयस्थल कायम गरि दुइहजार चारसय तीन जनालाई सुरक्षित रुपमा राखिएको जिल्ला दैवी प्रकोप उद्धार तथा विपद व्यवस्थापन समितिले जनाएको छ ।


सर्वाधिक रुचाइएको