त्रिशूलीको पश्चिमी किनारमा सडक खोलियो
बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा रहेका पुल ध्वस्त भएर वारी र पारीको यातायात सम्वन्ध नै चुडिएपछि त्रिशूल िनदीको पश्चिमी किनारमा रहेको कच्ची सडक सन्चालनमा ल्याइएको छ । यसवाट आवतजावतमा सुविधा पुगेको छ । यससंगै नुवाकोटको पश्चिमी भेग त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडिएको हो ।

त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित भएको नुवाकोटको त्रिशूली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक मर्मत र सुचारु गरिएको हो । गल्छी–त्रिशूली सडकमार्गअन्तर्गत त्रिशूली पुल पारीबाट त्रिशूली नदीको पश्चिमी किनार हुँदै धादिङको कल्लेरीटार निस्केर पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको हो ।

सडक सुचारु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ । यससंगै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता भएको छ ।











































