दुई स्थानमा गाडियो तुइन्
बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा रहेका विभिन्न पक्कि पुल वगाएपछि तुइन गाडिएको छ । बाढीले मुल सडकमार्गमा रहेका पुल नै वगाएपछि आवतजावत नै ठप्प भएको छ । धेरै जनघनत्व भएको, ओहोरदोहोर वढि हुने अर्थात् राहत वितरण कार्यलाई तदारुकता दिने उद्धेश्यले बाढीले ध्वस्त पारेको पाचौं दिन अर्थात् सोमवार नुवाकोटको त्रिशूली र देवीघाटमा तुइन् गाडिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बिदुर नगरपालिका १ को इन्द्रणीघाट र त्रिशुलीवजार नजिकै रहेको गुम्वा र बिदुर नपा ५ र बेलकोटगढी नपा ८ जिलिङमा तुइन् जोडिएको प्रहरी उपरिक्षक विपीन रेगमीले जानकारी दिए । सेना, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, सर्वसाधारणको सक्रियतामा तुइन हालेर सन्चालन गरिएको हो । यसवाट आवतजावत गर्न केहि हदसम्म भएपनि सरलता भएको बिदुर नपाका मेयर राजन श्रेष्ठले वताए ।












































