बग्दै गरेका ६० वर्षिय वृद्दको उद्दार

मकवानपर । मकवानपुरको हेटौंडा उप महानगरपालिका वडा नम्बर १५ रातमाटेस्थित खहरे खोलाले बगाउँदै गरेको अवस्थामा एक जना वृद्दको उद्दार गरिएको छ । अविरल वर्षाको कारण आएको खहरेले बगाइरहेको बृद्दको प्रहरीले उद्दार गरेको हो । उद्दारपछि बृद्धलाई हेटौँडाको चुरेहिल हस्पिटलमा सामान्य उपचारपछि थप उपचारको लागि भरतपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।