१८४८ अझै वेपत्ता, २९९२ को उद्धार
बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले तीन जिल्ला निकै प्रभावित भएको छ । अकल्पनीय बाढीले नुवाकोट, रसुवा र धादिङ जिल्ला प्रभावित वनाएको छ । नुवाकोटमा रहेका नदी किनारा र आसपासका धेरै बस्ती वगाएको छ । बाढीले हताहत भएकाहरुको खोजी भइरहेको छ ।

बाढीले नुवाकोटका एकहजार आठसय ४८ जना वेपत्ता वनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुईहजार नौसय ९२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । बाढीले घाइते वनाएका ४३ जनाको उपचार भइरहेको छ । बाढीले नुवाकोट र रसुवाको सिमाना वेत्रावतिमा रहेको दुई वटा पक्कि पुल वगाएपछि सडक सम्पर्कविच्छेद भएको छ ।

त्रिदेशीय मार्ग अन्र्तगत गल्छी–देवीघाट–बिदुर–वेत्रावति सडक पहिरोले ठाउं/ठाउंमा वगाएको डिएसपि हवारीले वताए । पुरिएका बाटो तथा घर टहरा सुरक्षित रुपमा खोतल्ने काम भइरहेको छ । बाढीले नुवाकोटको चार स्थानीय तहको नदी किनारामा रहेका ठुला वस्तीहरु वगाएको हो । बिदुर र वेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउंपालिकाका नदी तटीय वस्ती वगाएको हो ।

अकल्पनीय बाढीले नुवाकोटको किस्पाङ गाउंपालिकास्थित शान्तिवजार, वेत्रावति, सोले, तुप्चेफांट, शुभघाट, त्रिशूली, ढुंगे, देवीघाट वजार, वुधसिङघाट, महादेवफांट किनारा, तारुकाघाट, केउरेनी, कोल्पुटारफांटमा ठुलो क्षति गरेको छ । भीमकाय अकल्पनीय वाढीले गरेको जनधनको क्षतिको सरकारी निकायले तथ्यांक संकलन गर्ने कार्य गरिरहेको छ । बाढीले त्रिशूली नदीको किनारामा रहेको नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै स्थानमा २२ जनाको शव फेला पारिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले वताए ।

उनका अनुसार फेला परेकामध्ये ६ जनाको शव हेलिकपटरमार्फत गएर निकालिसकिएको र वांकीको हेलिकप्टरमार्फत शव संकलन गर्ने कार्य भइरहेको छ । डिएसपि हवारीका अनुसार घरभित्र २२ जनाको शव फेला परेको र त्यसको विवरण संकलन कार्य भइरहेको छ । नदीले अस्थिरपन्जर वनाएको घरवाट शव फेला परेको हो ।नुवाकोट र रसुवाको सिमा नपुग्दै नुवाकोटको वेत्रावतिस्थित घरमा ति शवहरु फेला परेका हुन् । होटेल हो वा अन्य के हो? विवरण संकलन गर्ने कार्य भइरहेको हवारीले वताए ।

गोसाइकुण्ड मेलाको क्रममा तीर्थयात्रीहरु होटेलमा खाना खान वा वास वसेको स्थानमा सो घटना भएको हुन सक्ने बिदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले वताए । उनका अनुसार वेत्रावतीमा शव व्यवस्थापनको काम जारी रहेको छ । बाढीले ठूलो क्षति पु¥याएपछि नुवाकोटको वेत्रावती वजारमा नेपाल प्रहरीले शव व्यवस्थापनको काम गरिरहेको हो । बाढीमा ज्यान गुमाएकाहरूको शव संकलन तथा व्यवस्थापनको कार्य भइरहेको छ भने उक्त स्थानमा सुरक्षा निकायले विशेष सक्रियता अपनाएको छ ।












































