बर्षाले बिजोग

छोटो दुरीको सडक अवरुद्द हुँदा दैनिक पाँच हजार जना यात्रु प्रभावित

वर्षाका कारण हेटौंडा हुदैं काठमाडौ आवाज जावत गर्ने छोटो दुरीका सडक अवरुद्द
लोकखबर
३१ असार २०७६, मंगलवार १०:५०

मकवानपुर । अविरल वर्षाका कारण हेटौंडाबाट फाखेल हुँदै काठमाडौं जाने सडक अवरुद्द बनेको छ । सोमबारको वर्षाले महालक्ष्मी खोलामा पहिरो गएर सडक अरुद्द बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वर्षाकै कारण हेटौंडा-भीमफेदी-कुलेखानी-सिस्नेरी हुँदै दक्षिणकाली निस्कने बाटो पनि बन्द छ । छोटो दूरीको सडक अवरुद्द बनेपछि हेटौंडा-काठमाडौं आवाज जावत गर्ने करिब ५ हजार यात्रु दैनिक प्रभावित बनिरहेका छन् ।

हेटौंडादेखि काठमाडौंसम्म छोटो दुरीमार्फत दैनिक ६ सय वटा भन्दा बढी सवारी आवाज जावत गर्ने गरेका छन् । अहिले काठमाडौं जानका लागि त्रिभुवन राजपथ भने खुल्ला रहेको प्रहरीले जनाएको छ ।

बर्षाका कारण सडक अवरुद्द बनेपछि मकवानपुरको विभिन्न ग्रामीण भेगबाट हेटौंडा आउँनुपर्ने यात्रु प्रभावित बनेका छन् ।

मकवानपुरको थाहा नगरपालिका, मकवानपुरगढी, बकैया,कैलाश,इन्द्रसरोबर र बागमती गाउँपालिकामा सडक क्षतिग्रस्त बनेपछि सवारी साधन सञ्चालनमा आउँन सकिरहेका छैनन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*