मकवानपुरका असईमाथि लाग्यो यस्तो गम्भीर आरोप !
मकवानपुर । ‘जो रक्षक उही भक्षक’ भन्ने उक्ति हामीले सुनकै हौं । जसको काम संरक्षण गर्नुपर्ने हो उनै बिगार्न लागिपरे पछि त्यस्ता रक्षकलाई भक्षक भन्नुपर्ने हुन्छ । मकवानपुर प्रहरीमा कार्यरत एक जना असईसंग यो उक्ति मिलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहमाथि बालिका बलात्कार गरेको आरोप लागेको छ । बीस वर्षिया बालिकालाई भेट्ने बाहानामा बोलाएर बलात्कार गरेको आरोप साहमाथि छ । बलात्कार गरेको उजुरी परेपछि साहलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
रौतहटको चन्द्रपुर ४ स्थित एक होटलमा युवतीलाई ललाइफकाइ जबरजस्ती गरेको आरोपमा युवतीकी दिदीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जबरजस्तीकरणी सम्बन्धी जाहेरी दिएकी हुन् ।
काठमाडौं दक्षिणकालीकी आफ्नी बहिनी हेटौडाबाट हराएपछि दिदिले खोजी गर्दै जाँदा चन्द्रनिगाहपुरस्थित होटलको कोठामा दुवैजना फेला परेका थिए । फेला परेपछि पक्राउ गरी साहलाई कारवाही प्रकृया अघि बढाइएको प्रहरीको भनाई छ ।
प्रहरी नियन्त्रणमा रहेका साहलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी कवित कटवालले बताए ।
साह र युवती हेटौंडाबाट मोटरसाइकलमा चन्द्रनिगाहपुर पुगेर होटलमा बसेको प्रहरीको भनाई छ । आफ्नी बहिनी हराएपछि खोजीमा निस्कीएकी दिदिले बहिनीमाथि असईले बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएको विषयमा आरोपित साहले भने आफूलाई फसाइएको प्रतिकृया दिएका छन् ।