बाढीका मृतकप्रति श्रद्धान्जली कार्यक्रम

– द्विप प्रज्वलन गरि सम्झना
लोकखबर
२०८३ आश्विन २५, आईतवार १८:२१

बिदुर – बाढीपछि नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति, विस्थापन, रोजगारी तथा व्यवसायमा परेको असर र भविष्यप्रतिको अनिश्चितताले प्रभावित नागरिकको मानसिक स्वास्थ्यमा चुनौती थपिएको छ । विपद्को सामना गरेका व्यक्ति तथा परिवारमा तनाव, डर, चिन्ता, शोक र असुरक्षाको भावना देखिन सक्ने भएकाले मानसिक स्वास्थ्यलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता बढेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नुवाकोटको बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पस परिसरमा मुल सडकमा द्विप प्रज्वलन कार्यक्रम गरिएको हो ।

विदुर नगरपालिकाको आयोजना तथा विभिन्न सामाजिक संघसंस्थाको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । बाढीले पारेको अवस्थालाई मध्यनजर गर्दै यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवसलाई विशेष महत्वका साथ लिइएको हो । विपद्पछिको पुनःस्थापना भौतिक संरचना निर्माण र आर्थिक सहयोगमा मात्र सीमित नभई प्रभावित नागरिकको मानसिक तथा मनोसामाजिक स्वास्थ्यमा पनि केन्द्रीत हुनुपर्ने सन्देश कार्यक्रममा दिएको छ ।

मनको कुरा गरौँ, पीडा बाँडौँ, एकअर्कालाई सुनौँ र सहयोग गरौँ। मानसिक स्वास्थ्यको ख्याल गर्नु कमजोरी होइन, आत्मबलको सुरुवात भन्ने सन्देशसहित उक्त कार्यक्रम गरिएको हो । मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने, समस्यामा परेका व्यक्तिलाई खुलेर आफ्ना भावना व्यक्त गर्न प्रोत्साहित गर्ने तथा आवश्यक सहयोग र परामर्शमा पहुँच बढाउने उद्देश्यले द्विप प्रज्वलन गरिएको हो । त्रिशूली बाढीका मृतकप्रति श्रद्धाञ्जली र द्विप प्रज्वलन कार्यक्रम गरिएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बट्टारको आयोजनामा बट्टार पुरानो बजारमा प्रलयकारी बाढीको ४५औँ दिनको अवसरमा द्विप प्रज्वलनसहित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । बाढीले नुवाकोटको बिदुर, बेलकोटगढी नपा, किस्पाङ र तारकेश्वर गापा प्रभावित भएको छ ।

 


सर्वाधिक रुचाइएको