बेत्रावतिमा वेलिव्रिज निर्माण
बिदुर – बाढीले पक्कि पुल ध्वस्त पारेपछि निकै प्रतिक्षाको विषय वनेको नुवाकोट र रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज निर्माण गरिएको छ । यससंंगै आमसर्वसाधारण निकै खुसी भएका छन् । सेनाले उक्त पुल पांच दिनमै तयार पारेको हो । आइतवारदेखि उक्त बेलिब्रिज सञ्चालनमा आउँनेछ । गत भदौ १० गते विहान १० वजे आएको प्रलयकारी वाढीले नुवाकोट र रसुवा जोड्ने वेत्रावतिका दुई वटा पक्कि पुल ध्वस्त पारेपछि डेढ महिनादेखि आवतजावत ठप्प रहेको थियो ।

उक्त बेलिब्रिज नेपाली सेनाको टोलीले पांच दिन लगाएर जडान गरेको हो । पहाडि नुवाकोट र हिमाली रसुवालाई सडक सञ्जालमार्फत जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा आउने भएपछि चाडपर्वको आगमनसंगै नयां उत्साह थपिएको छ । पुल सञ्चालनमा आएसँगै दुवै जिल्लाबीचको आवतजावत सहज हुनुका साथै स्थानीय व्यापार, व्यवसाय तथा कृषि उपजको बजारीकरणमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको बिदुर नगरपालिका १० का वडाध्यक्ष गणेशकुमार नेपालको भनाई छ ।

उनका अनुसार बाढीले प्रभावित सडक सञ्जाललाई पुनः जोड्ने यो पुलले स्थानीयवासीका साथै नुवाकोट र रसुवाको दैनिक जीवन सहज बनाउन र आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । उनका अनुसार पुल वनेपछि व्यापार, व्यवसाय तथा कृषि उपजको बजारीकरणमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । सेनाको प्राविधिक टोलीले ७० मिटर लम्वाइको बेलिव्रिजको निर्माण कार्य पुरा गरेको हो ।

प्र्रलयकारी बाढीबाट सडक तथा नदी तटीय क्षेत्रमा ठूलो क्षति भएपछिे प्रभावित क्षेत्रलाई सडक सञ्जालमा जोड्न बेलीब्रिज निर्माण गरिको हो । सरकारले उक्त स्थानमा रहेको फलाखु खोलामा बेलिव्रिजको निर्माण गर्नका लागि आवस्यक निर्देशन दिएसंगै बेलिव्रिजकोे निर्माण कार्य पुरा भएको हो । विनासकारी बाढीले क्षतिग्रस्त बनाएको सडक सम्पर्क पुनःस्थापना गर्न निर्माण गरिएको पुल सञ्चालनमा आएपछि नुवाकोट–रसुवाको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

विनाशकारी बाढीले रसुवा र नुवाकोट जोड्ने बेत्रावतीस्थित पुल बगाएपछि अवरुद्ध भएको आवागमन पुनः सञ्चालन गर्ने उद्देश्यले नेपाली सेनाले निरन्तर खटिएर वाढी गएको ४७ दिन पश्चात बेलिब्रिज निर्माण कार्य सम्पन्न गरेको हो । सेनाले औपचारिक कार्यक्रममार्फत पुल उद्घाटन गरी सवारीसाधन सञ्चालनमा ल्याइने जानकारी गराइएको छ । उद्घाटनसंगै सर्वसाधारणले उक्त वेलिव्रिज हुंदै आवतजावत गर्न पाउने जनाइएको छ ।













































