लच्याङमा घुम्ती सेवा कार्यालय

– भवन उद्घाटनसहित जग्गादाता सम्मानित
लोकखबर
२०८३ आश्विन २५, आईतवार १८:४०

बिदुर – गाउवासी सर्वसाधारणको सुविकाकाक लागि नुवाकोटको उत्तरी भेग लच्याङमा घुम्ती सेवा कार्यालय भवन उद्घाटन गरिएको छ । भवन उद्घाटनसहित जग्गादाताहरुलाई सम्मानितसमेत गरिएको छ । सूर्यगढी गापा–१ मा धोबिखोला घुम्ती सेवा कार्यालय भवन उद्घाटन गरिएको हो ।

सूर्यगढी गापा १ लच्याङ नुवाकोटअन्तर्गत धोबिखोला घुम्ती सेवा कार्यालय भवनको उद्घाटन तथा जग्गादाता सम्मान कार्यक्रम सम्पन्न भएको वडाध्यक्ष राजकुमार तामाङले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष तामाङसहित वडा सदस्यहरू, कर्मचारी, समाजसेवी, सेवाग्राही तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । कार्यक्रमका अवसरमा घुम्ती सेवा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुहुने समाजसेवी जग्गादाता विजय तामाङलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।

भवन निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न योगदान पु¥याउनुहुने भवन निर्माण उपभोक्ता समितिलाई समेत सम्मान गरिएको छ । स्थानीयवासीलाई सहज, छिटो र नजिकबाट सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको घुम्ती सेवाबाट सेवाग्राहीलाई थप सुविधा पुग्ने विश्वास वडाध्यक्ष राजकुमार तामाङले व्यक्त गरे ।


सर्वाधिक रुचाइएको