एउटा भारतीय गाडीले एकैसाथ आधा दर्जन सवारीलाई हेटौंडामा यसरी दियो ठक्कर

दुर्घटनामा दुई जनाको मृत्यु
लोकखबर
७ श्रावण २०७६, मंगलवार २०:१६

मकवानपुर । मकवानपुरको हेटौंडामा एउटा भारतीय गाडीले एकैसाथ आधा दर्जन सवारीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भयो । दुर्घटनामा मृत्यु हुनेमध्ये एक जनाको पहिचान खुलेको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनर दुर्घटनामा मृत्यु हुनेमध्ये अटोचालक हेटौंडा ९ का ३२ वर्षिय सुजन ढकालको पहिचान खुलेको हो । दुर्घटनामा मृत्यु हुने मध्ये अर्का एकजनाका अन्दाजी २२ वर्षका व्यक्ति भएको र उनको पहिचान खुल्न बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ९ जना मध्ये ८ जना उपचार गरी घर फर्किएका छन् भने एक जना चुरेहिलमा उपचार पछि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

वीरगन्जबाट सामान लिएर हेटौंडा आउँदै गरेको वीरगन्जबाट सामान लिएर हेटौंडा आउँदै गरेको ट्रक हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटेमा ‘ब्रेकफेल’ भएर अनियन्त्रित भएको थियो । प्रहरीका अनुसार हिजो बेलुका पल्टिएको ह भारतीय गाडी पल्टिएकोमा उठाएर ल्याइएपछि ब्रेक फेल भएर विभिन्न सात वटा सवारीलाई ठक्कर दिएको थियो ।

गाडी ओरालोमा ब्रेकफेल भएपछि बाटोमा आइरहेका मोटरसाइकल, टेम्पो, टाटासुमो जिप, मिनिबस र बसलाई ठक्कर दिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*