रुपाको उपचारका लागि सहयोग जुट्दै, मनकारी दाताले गरे आर्थिक सहयोग

लोकखबर
७ श्रावण २०७६, मंगलवार २२:१२

मकवानपुर । मनकारी दाताको खोजीमा रहेकी स्तन क्यान्सरपीडित हेटौंडा उपमहानगरपालिकाकी नगर कार्यपालिका सदस्य रूपा खुलाललाई आज मंगलबार आर्थिक सहयोग प्राप्त भएको छ ।

हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको पहलमा नगद ६३ हजार ६ सय १५ रुपैयाँ सहयोग गरिएको हो ।

आफूहरुको सहयोगबाट रुपाको उपचारका लागि सघाउ पुगोस् भनेर आर्थिक उपलब्ध गरइएको आर्थिक सहयोग जुटाउने समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । क्यान्सर पिडित रुपालाई यसअघि विभिन्न व्यक्तिले सकेको सहयोग गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*