मकवानपुरमा एक सैनिक एक विरुवा रोप्ने यस्तो अभियान
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १, सुपारेटार ब्यारेक इलाकामा एक सैनिक एक विरुवा रोपिएको छ ।
व्यारेक इलाकाको सामरी खेल मैदान तथा वासुदेवमार्ग आसपासमा वृक्षरोपण गरिएको जनाइएको छ ।
पुरानो गोरख गणले जिल्ला वन कार्यालय मकवानपुरको सहयोगमा विभिन्न जातका २ हजार वटा विरुवा रोपेको हो । सरकारको एक नागरिक एक विरुवा अभियानलाई सघाउ पुर्याउँन आफूहरुले एक सैनिक एक विरुवा अभियान चलाइएको जनाइएको छ ।
खयर, सिसौ, बकाइनो, अमला, तेजपत्ता, बाँस लगायतका जातका विरुवा रोपिएको जनाइएको छ ।