वर्षाको वितण्डा,कतै गाडी बगाउँने,कतै पहिरो जाने

लोकखबर
८ श्रावण २०७६, बुधबार १२:२५

मकवानपुर । हिजो रातीबाट परेको अविरल वर्षाका कारण मकवानपुरका नागरिकको जनजीवन प्रभावित बनेको छ । केही दिन अघि रोकिएको वर्षा फेरी सुरु भएको हो । वर्षाका कारण हेटौंडाका विभिन्न क्षेत्र जलमग्न भएको छ ।

असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाइदिएको छ । डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरी गाउँपालिकाका विभिन्न वडाका नागरिकलाई आवाजजावत गर्न समस्या भएको छ ।

वर्षाका कारण हेटौँडाको कर्राखोलामा आएको बाढीले एउटा भारतीय गाडी बगाएको छ । मकवानपुर प्रहरीका अनुसार शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्याएर फर्कदै गर्दा युपी ५६ टि ४०३९ नम्बरको भारतीय गाडीलाई खोलाले बगाएको हो । गाडी बगाए पनि चालक तथा सहचालक भने सकुशल रहेको प्रहरीको भनाई छ ।

बर्षाका कारण मकवानपुुरको पूर्वि क्षेत्रबाट हेटौंडा आवत जावत गर्ने सवारीलाई असर गरेको छ । धरान चतरा सडकखण्डको फुर्केचौर श्रीपुर सडकखण्डमा पहिरो जाँदा सवारी अवरुद्घ बनेको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको इपापञ्चकन्याको विभिन्न ठाउँमा पहिरो गएकाले हेटौंडाबाट ठिङगन हुदैं ललितपुरबाट काठमाण्डौ निस्कने कान्तिलोकपथ सडक अवरुद्घ छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*