वर्षाले विजोग

बर्षाका कारण माण्डु हाइड्रोमा ६ करोड क्षति, उत्पादन नहुँदा करिब तीन करोड घाटा

रामकुमार दानी
९ श्रावण २०७६, बिहीबार १६:०६

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ कोगटे दोभानमा रहेको माण्डु हाइड्रोलाई बर्षाका कारण करिब ६ करोड क्षति भएको छ भने विद्युत उत्पादन नहुँदा करिब तीन करोड घाटा लागेको छ ।

बाढीका कारण खहरे आएर पावर हाउसको सिलटिङ बेसिनमा गिट्टी, बालुवा, माटो पुरेर क्षति भएको हो । असार २३ गतेबाट परेको अविरल पानीका कारण २५ गते राती दक्षिण तर्फको खहरे खोलाको पानी निकास हुने ठाउँमा क्षति भएको थियो । वर्षाका कारण उद्यागेको सिलटिङ बेसिनको इनलेट गेटमा क्षति पुगेको छ भने पावर हाउसतर्फ पेनेस्टक पाइप पुरेको माटो बगाई ढलानमा क्षति भएको छ ।

बागमती खोलाको बाढीले जलविद्युत गृहको टेलरेशमा ढुङ्गा, गिट्टी, बालुवा र माटोले भरिएकाले उद्योगलाई क्षति भएको हाइड्रोका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिए ।

उनका अनुसार क्षति उद्योगको मेसिन अहिले मर्मत कार्य भइरहेको छ । यही साउन १५ गतेभित्र मर्मत गरिसक्ने अपेक्षा गरिएको छ ।
निजी क्षेत्रको माण्डु हाइड्रो पावर कम्पनी र चाइनिज कम्पनीको ४ अर्ब २५ करोड संयुक्त लगानीमा निर्मित जल विद्युतमा भीमफेदी गाउँपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ललितपुरको बागमती गाउँपालिकाको माल्टा र घुसेलका गरी १८ सय घरधुरीको शेयर रहेको छ ।
बागमती र कोगटेको पानीलाई इपापञ्चकन्या दोभानमा बाँध बनाई सुरुङमार्फत इपापञ्चकन्याको बगरबेंसीस्थित पावर हाउसमा पानी खसालिएर विद्युत उत्पादन हुदै आएको छ ।

इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको बाँध रहेका छन् । दुई हजार ४२४ मिटर लामो मुख्य सुरुङको चौडाइ ३ दशमलव ७ र उचाइ ३ दशमलव ८ डायमिटर रहेको छ । सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव चार क्युसेक पानी बग्ने क्षमता छ । माण्डु हाइड्रोमा उत्पादित बिजुली कुलेखानी पहिलोमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.

*