गौतम रिहाईको माग

लोकखबर
१८ श्रावण २०७६, शनिबार १२:०३

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मकवानपुर नेता भीमप्रसाद गौतमलाई रिहाई माग गरिएको छ ।

हेटौंडाको हुप्रचौरबाट पक्राउ परेका नेता गौतमलाई रिहाई गर्न विप्लव नेतृत्वको नेकपा मकवानपुरका सेक्रेटरी अनुरागले माग गरेका हुन् ।
नेकपा मजदुर विभागका हेटौंडा उपमहानगरपालिका संयोजक रहेका गौतमलाई मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौरबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका गौतममाथि कारवाहीका लागि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*