प्रहरी खबर

प्रहरी देख्ने बित्तिक्कै भागे चालक,ट्याक्टर नियन्त्रणमा

लोकखबर
३१ श्रावण २०७६, शुक्रबार २०:५७

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्ने दुई वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
हेटौंडाको राप्ती खोलाबाट ना ५ त ४०१५ नम्बरको ट्याक्टरमा अवैध रुपमा बालुवा लोड गरी लैजादै गरेको अवस्थामा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्याक्टरमा बालुवा लोड गरेर लैजाँदै गरेको सूचना पाएपछि पुगेको प्रहरीलाई देख्नासाथ ट्याक्टर चालक भने फरार भएको प्रहरीको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*