हेटौंडा १८ का वडा अध्यक्ष बानियाले ज्येष्ठ नागरिकलाई दिए छाता, लौरो र मिठाई

लोकखबर
१५ भाद्र २०७६, आईतवार १०:२१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ वडा अध्यक्ष अनिल बानियाले वडाका ८३ जना ज्येष्ठ नागरिकलाई छाता, लौरो वितरण गर्दै मिठाई खुवाएका छन् ।
बाबुको मुख हेर्ने दिनका अवसरमा वडा अध्यक्ष बानियाले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

हेटौंडाको हर्नामाडीस्थित गुम्बाडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष बानियाले समाजका अभिभावक ज्येष्ठ नागरिकलाई सम्मान गरेका हन् ।
ज्येष्ठ नागरिकको सिकाई तथा भोगाई समाजका लागि महत्वपूर्ण हुने भएकाले व्यक्तिगत रुपमा आफूले आवश्यक सामग्री सहयोग गरेको अध्यक्ष बानियाले बताए ।

भावी पुस्तामा ज्येष्ठ नागरिकप्रति सम्मान भाव जागृत गराउँन तथा चेतना अभिवृद्दि होस् भन्ने उद्देश्यले सहयोग गरेको उनको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*