नेता न्यौपानेको सुसाइड नोट : मेरो अन्त्येष्टि कांग्रेसले गरोस्

लोकखबर
२० भाद्र २०७६, शुक्रबार २३:५७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका १ मकरी निवासी काङ्ग्रेस नेता चतुर्भुज न्यौपानेले घरपरिवार भन्दा ठूलो कांग्रेस पार्टी भएको सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।

सुसाइड नोटमा आफ्नो घरपरिवार,ऋण लगायत सामाजिक र राजनीतिक बिषय उल्लेख गरेको बताइएको छ ।
उनले सुसाइड नोटमा कांग्रेसभन्दा ठूलो पार्टी घर परिवार नभएको उल्लेख गर्दै अन्त्येष्टि कांग्रेसले नै गरोस् भनेर लेखेको काँग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुलीले जानकारी दिए ।

न्यौपानेले बुधवार साँझ घरमै बिष सेवन गरेका थिए । बिष सेवन गरेका उनको बिहिबार साँझ चितवनको भरतपुरमा निधन भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*