इन्द्रसरोबरमा जनजाति संघको नेतृत्व माधव लामालाई

लोकखबर
२६ भाद्र २०७६, बिहीबार १७:०२

मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा आदिवासी जनजाति संघको नयाँ नेतृत्व चयन गरिएको छ । नेपाली काङ्ग्रेस निकट संघको अध्यक्ष माधव लामा रहने गरी २१ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

संघ उपाध्यक्षमा केशव लामा, महासचिव कृष्ण महर्जन, सचिव रवि भ्लोन, कोषाध्यक्ष अस्मिता गोले रहेका छन् ।

आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको अध्यक्षता तथा कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा आज विहीबार भएको भेलाले लामाको नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यक्रममा कांग्रेस जिल्ला सदस्य राजीव सुवेदी, जवानसिं वाईवा, पार्टी हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाल तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामा, नेताहरु सुमन श्रेष्ठ, बमबहादुर थिङ, विकास बलामी, राजेश सापकोटा, सुवास दाहाल, मुरारी सुवेदी, विष्णु कार्कीलगायतले मन्तव्य व्यक्त गरेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*