हेटौंडामा राष्ट्रिय कृषि गणनाबारे यस्तो बहस

लोकखबर
२६ भाद्र २०७६, बिहीबार १८:१६

मकवानपुर । तीनै तहका सरकारलाई आवश्यक पर्ने कृषि सम्बन्धि तथ्यांकका लागि राष्ट्रिय कृषिगणना २०७८ का विषयमा आज मकवानपुरको हेटौंडामा छलफल भएको छ ।

प्रदेश ३ को राजधानीमा भएको छलफलमा राष्ट्रिय कृषिगणनामा समावेश गरिने विषयवस्तुमा सरोकारवालाहरुसंग सुझाव पनि लिइएको जनाइएको छ ।

आगामी कृषि गणनामा बाली लगाइएको जग्गाको क्षेत्रफल र उत्पादन,कित्ता संख्या,जग्गाको उपभोग एवं उपयोग,सिंचाईको अवस्था,मलखाद तथा वीउविजनको प्रयोग,पशुपन्छीको संख्या लगायतका विषय समेटिएको केन्द्रीय तथ्यांक विभागका निर्देशक बद्री कार्कीले जानकारी दिए ।
छलफलमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी,प्रदेश ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्की लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*