खेलखबर

मकवानपुरको बकैयामा आगामी कात्तिक १ गतेदेखि माझी गोल्डकप हुने, विजेताले १ लाख पाउँने

लोकखबर
२६ भाद्र २०७६, बिहीबार २०:३४

मकवानपुर । मकवानपुरमा प्रथम राष्ट्रिय माझी गोल्डकप २०७६ प्रतियोगिताको तयारी थालिएको छ ।

नेपाल माझी उत्थान संघ, मकवानपुरले देशभर रहेका माझी समुदायका युवालाई भाग लिन आव्हान गर्दै प्रतियोगिता गर्न लागिएको विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

संघ अध्यक्ष आशीष माझीले फुटबलमा माझी समुदायका युवालाई सहभागी गराई सिमान्तकृत समुदायको पहिचानमा सहयोग पुर्याउने अपेक्षा रहेको जानकारी दिए । उनका अनुसार प्रतियोगिता आगामी कात्तिक १ गतेदेखि माझी समुदायको बसोबास रहेको क्षेत्र मकवानपुरको बकैया गाउँपालिका,४ जुरेलीस्थित खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने तथा विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद पाँच-पाँच हजार रुपिया प्राप्त गर्ने आयोजकले जानकारी दियो । प्रतियोगिता संचालनका लागि करिब २१ लाख रुपिया खर्च लाग्ने आयोजकले अनुमान गरेको अध्यक्ष आशीषले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*