यस्तो दु:खद् खबर, डेङ्गुबाट कक्षा १२ का विद्यार्थीको मृत्यु
मकवानपुर । अहिले सबै ठाउँमा त्रास फैलिएको डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । विराटनगर ९ का १८ वर्षीय अविनास शर्माको डेंगुका कारण मृत्यु भएको जनाइएको छ ।
स्थानीय शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।