नेकपा मकवानपुरगढी गाउँ कमिटीको सपथग्रहण

लोकखबर
४ आश्विन २०७६, शनिबार १३:०९

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरगढी गाउँकमिटीको आज सपथग्रहण भएको छ । गाउँ कमिटीका अध्यक्ष रामजी सापकोटाको अध्यक्षता तथा पार्टी केन्द्रिय कमिटी सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यमा सपथग्रहण गरिएको हो ।

कार्यक्रममा गाउँकमिटिका ७५ जना पार्टी सदस्यले सपथग्रहण गरेका छन् । कार्यक्रममा संघीय सांसद एवम् पार्टी मकवानपुरका इन्चार्ज विरोध खतिवडा, मकवानपुर अध्यक्ष एवम् प्रदेश सांसद मुनु सिग्देल, पार्टी मकवानपुर सचिव एवम् प्रदेश सांसद प्रेमबहादुर पुलामी छिन्तु, पार्टी नेताहरु रामेश्वर राना, भगवती पुडासैनी, बद्री लम्साल लगायत, कुमारी मोक्तान, भीम पाख्रीन लगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*