मनहरी ९ मा प्रगतिशील महिला एकता समूह गठन

लोकखबर
५ आश्विन २०७६, आईतवार १३:४३

मकवानपुर । मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरेमा प्रगतिशील महिला एकता समूह गठन गरेको छ । समाजमा हुने महिला हिंसाको निर्मुलिकरण गर्ने उदेश्यले ज्यामिरे सिरान टोलमा ज्यामिरे सिरान प्रगतिशिल महिला एकता समुहु गठन गरिएको हो ।

स्थानीय समाजसेबी एबम महिला अगुवा ब्यबसायी अनिता स्याङ्बोको बिशेष उपस्थितिमा अप्सरा ढुंगानाको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति गठन गरेको हो । समुहको उपाध्यक्षमा सुनिता सुनार, सचिबमा चम्फा खाती कोषाध्यक्षमा सविना कार्की, सह(सचिवमा कबिता सुनार लगायत सदस्यहरु रन्जिता भारती, गंगा पुरी, रमिल सुनार, चन्द्रकुमारी, संगिता सुबेदी, जानुका खत्री, भगवती सुबेदी, लक्ष्मी थिङ, सबिता सुनार,
रन्जना सुबेदी, गोपी सुबेदी, सुमित्रा सुबेदी चयन भएका छन् ।

अबको दिनमा महिला दिदीबहिनीहरुले पनि आफ्नो देश गाउँ समाजमा केही गर्न सकिन्छ र सामाजलाई सहज ढंगले बिकासको यात्रामा महिलाको अहम भूमिका हुनपर्छ भन्ने मुलधारले अगाडि बढने प्रतिबद्दता ब्यक्त गर्दै समूह गठन गरिएको बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*