दशैं,तिहारमा पनि स्वास्थ्य सेवा

लोकखबर
१३ आश्विन २०७६, सोमबार ०८:०६

मकवानपुर । दशैं, तिहारमा नेपाली नागरिकको स्वास्थ्यमा ध्यान दिदै स्वास्थ्य सेवा सुचारु राखिने भएको छ ।

दसैं तथा तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा निरन्तर जारी राख्नका लागि स्थानीय निकायलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ ।

यसका लागि सेवा प्रभावित नहुनेगरी स्वास्थ्यकर्मीको बिदाको व्यवस्थापन गर्ने, हाल भइरहेको डेङ्गु महामारीका रोकथाम तथा उपचार सेवा प्रभावित हुन नदिन विशेष व्यवस्था गर्ने, सम्भावित महामारी तथा अन्य स्वास्थ्य जोखिम व्यवस्थापन गर्न तयारी रहने, रक्तसञ्चार अभाव हुन नदिन ध्यान दिने र सेवामा रहेका स्वास्थ्यकर्मीका सम्पर्क नम्बर आकस्मिक कक्षमा राखिने जनाइएको छ ।

देशका महानगरपालिका,उपमहानगरपालिका,नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा निरन्तर प्रदान गर्नका लागि ११ बुँदे आग्रह जारी गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*