कृष्णबहादुर महरालाई विप्लवले लेखे यस्तो पत्र !

लोकखबर
२२ आश्विन २०७६, बुधबार २०:४४

प्रिय महरा सर,

क्रान्तिको समरबाट अभिवादन । हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरी गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा युद्दको एउटा आदर्श थियो, जहाँ केवल एकजना संग मात्रै प्रेम बिबाह अनि यौनको स्कुलिङ्ग दिन्थ्यो । अन्य पराय बिबाहित महिलासंगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध भन्थ्यो ।

सर, तपाईंको आदर्श आज डगमगाएको छ । तपाइको कमजोरीमाथि बर्गबैरिहरु दशैँ मनाई रहेका छन् ! घर जलेको त्यो दिन एकपटक फेरी निसास्सिएको छ । जुनेली रातका जुनाताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईंलाई चियाएर हेर्यो अनि बन्दुकको निसानी फेरी एकपटक सल्बलाएको छ । तर, ढिला भैसकेको छ महरा सर ।

मलाई आज कामरेड भनेर सम्बोधन गर्ने गाह्रो भयो । मसंग सरको सम्बोधन बाहेक अरु केही रहेन । म क्षितिज पारि पर्खिरहेको परिवर्तनको उषा किरणसंगै छु । उज्यालो उषा किरण बोकेर धर्तीमा ल्याउने दुस्साहस गर्दै गर्दा सायद मेरो भौतिक शरीर जलेर उसासंगै नष्ट हुनसक्छ तर बिचार जिबित रहनेछ, म नभएर के भयो र ? आखिर बिचार त बाँचिरहनेछ । अँ साँच्ची संसदीय व्यवस्थाले तपाईंको जीबन उदाङ्गो पारिदियो ।

कमजोरी तपाईबाट भयो होला तर त्यसको अन्तर्निहित कारक तत्व संसदीय व्यवस्था हो । यो व्यवस्थाले अन्तर्निहित सुन्दरताको हरण गरेर देखावटी रुपको बिज्ञापन गर्छ । आदर्शको सत्यानास पारेर नैतिक हिनहरुको संगत गराईदिन्छ । किनकी संसदीय थलोमा खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेचिन्छ । हो महरा सर त्यही भएर आज तपाई आदर्शको चुलीबाट गर्ल्याम्म ढल्नु भएको हो । दोष त तपाईंको थिएन, थियो त केवल त्यही व्यवस्थाको थियो।

सर्बहाराले देखेको कुरा हो, हुस्कीको चुस्कीले मात लगाउँछ, मात लागेको मनले उत्तेजित बनाउँछ । आखिर धन सम्पती न हो दम्भ देखाउँछ । फोकटमा पाएको सुख सुबिधाले त झनै आदर्शको हिमशिखर बिलाई खल्बल्लिएको मस्तिस्क हुँदै दरिद्र आत्मा भएर अनैतिक कार्यशैलीमा छछल्किन्छ, अनि पोखिन्छ। हो त्यस्तै भएको हो तपाईंको आदर्शको जिन्दगी, यो दोष पनि त्यही पातकी संसदीय व्यवस्था हो । कसैको घर उजाड बनायो, कसैको नैतिकता हरण गर्यो, कसैको उठिबास लगायो, यो सब व्यवस्थाकै कारण हो ।

मैले यतिबेला सम्झिरहेको छु । चुनबाङ्ग बैठकपछि प्रचण्ड कामरेड र बैद्य कामरेडको बैचारिक धार विभाजन हुँदा तपाईं मौन भएर दोसाँधमा उभिनुभएको थियो । नत प्रचण्डको बिचारमा तपाईंको अडान थियो नत बैध्य कामरेडको बिचारमा थियो । तर अन्तत: तपाईं प्रचण्ड कामरेडको संसदीय बाटो पकड्नुभयो । जसको फलस्वरूप आज इनाम पाउनुभयो, म निकै दुखी छु ।

मेरा युद्दकालिन मित्र बादलले हत्कडी लगाएर आज हिरासत पठाए, त्यो उनले नुनको सोझो गर्ने कर्तब्य थियो । आशा गर्छु, छानबिनपछि अडिक आदर्श सहित मेरा आदरणीय महरा सर फर्किनुहुनेछ र फेरी भन्नुहुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस’ ।

क्रान्तिकारी अभिबादनसहित !
उही कमरेड विप्लव

देनिक नेपाल डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*