बकैया कृषि सहकारीको साधारणसभा

लोकखबर
२९ आश्विन २०७६, बुधबार ०९:४७

मकवानपुर । मकवानपुरको बकैया ३ स्थित बकैया कृषि सहकारी संस्थाको तेस्र्रो वार्षिक साधारणसभा भएको छ ।

सभामा बकैया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिलबहादुर भोम्जनले गाउँमा कृषि सहकारी स्थापना हुनु खुशीको कुरा भएको बताए । कृषि कार्यका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै कृषि क्षेत्रमा आवश्यक बजेट व्यवस्थापनका लागि आफू तयार रहेको बताए । ‘टोल टोलबाट भेला बसेर कृषिका लागि योजना माग गर्नुहोला ।’ अध्यक्ष भोम्जनले भने, ‘कृषकबाट माग भएका योजना उपलब्ध गराउँन तयार छु ।’

साधारण सभामा अध्यक्ष लक्ष्मी घिमीरेले एउटा कृषि समूहलाई सहकारीका रुपमा विकास गरेको प्रसंग सुनाइन् । सुरुमा २६ जनाको भेला भई गठन गरिएको सहकारीमा अहिले सय जना भन्दा बढी सदस्य आबद्द हुनु आफूहरुको सफलता हुदै गएको उनले बताइन् । मासिक ५० रुपिया बचतबाट सुरु गरिएको सहकारीमा अहिले बचत मासिक सय रुपैंया पु¥याइएको उनले जानकारी दिइन् । उनका अनुसार सहकारीले अहिले विभिन्न भाँडा कुँडा भाडामा लगाउदै आइरहेको छ ।

सभामा सचिव सीतामाया न्यासुरले नीति तथा कार्यक्रम, कोषाध्यक्ष नारायणप्रसाद घिमीरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
गाउँपालिकाका कृषि तथा सहकारी शाखाका प्रमुख डम्बरनारायण दहालले पालिकाले कृषिका लागि अघि सारेका विभिन्न योजना प्रस्तुत गरे । मर्सिकोर नेपालका बरिष्ठ परियोजना अधिकृत हेमराज भट्टले बाल कल्याण समाज मकवानपुरको र बकैया गाउँपालिकासंगको सहकार्यमा कृषकका उत्पादन संकलन तथा बिक्रीका लागि बकैया ३, हात्तिसुडेमा निर्माण गरिएको कृषि उपज संकलनलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । हात्तिसुडे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तोयनाथ दहालले कृषकका लागि गाउँपालिका तथा अरु संस्थाले आवश्यक सहयोग गर्नुपर्ने बताए । उनले तरकारी लगाएर के गर्नु ? खेर फाल्नुपर्छ भन्ने सोचाई कृषकमा भएकाले अब त्यस्तो अवस्था नहुनका लागि कृषि उपज संकलन केन्द्रको आवश्यकता बमोजिम उपयोग गर्नुपर्ने बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*