विप्लवको बैठक स्थल कब्जा गरी २१ कार्यकर्ता पक्राउ

मकवानपुर । प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको राप्ती ब्युरोको बैठकस्थल कब्जा गर्दै २१ जना कार्यकर्ता पक्राउ गरेको छ ।
दाङको राजपुर गाउँपालिका वडा नंं ४ को मुग्रेटाखोला नजिकै विप्लव समूहको बैठक भइरहेको खबर पाएपछि प्रहरीले बैठक स्थल कब्जा गरेको जनाइएको छ । बैठकस्थल कब्जा गरेर प्रहरीले २१ जना बिप्लवका कार्यकर्तालाई पक्राउ गरेको खबर छ ।
पक्राउ पर्नेमा विप्लवका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, दाङ इन्चार्ज सविन पोख्रेल लगायत रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी विनोदविक्रम शाहले जानकारी दिए।
डिएसपी शाहका अनुसार राती १ बजे विप्लव समूहको बैठक बसिरहेको थियो । सोही सूचनाका आधारमा आफूहरुले बैठक स्थल कब्जा गर्दै विप्लवका कार्यकर्ता पक्राउ परेका हुन् ।