सृजनशील सहकारीको साधारणसभा, विभिन्न सम्मान प्रदान

लोकखबर
१ कार्तिक २०७६, शुक्रबार १७:०६

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ७ कोगटेमा रहेको सृजनशील महिला बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा भएको छ ।
सहकारीका अध्यक्ष चन्द्रकला सुनारको अध्यक्षता तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
कार्यक्रममा गाउँपालिका वडा सदस्य द्वय विमलादेवी स्याङतान, मीना विक, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सचिव कल्पना श्रेष्ठ, ग्रामीण महिला सेवा केन्द्र मकवानपुरका कोषाध्यक्ष सुचोचना स्याङ्तान, शेयर एण्ड केयर नेपालका कृष्ण श्रेष्ठ, श्रीमावि कोगटे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडगबहादुर आले, महिला जागृति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रिता आले, महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरी खड्का लगायतको आतिथ्यता थियो ।
सभामा सहकारीका कोषाध्यक्ष कल्पना रानाले आर्थिक वर्ष २०७५÷०७६ को तीन करोड सात लाख ७६ हजार रुपिया बराबरको आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७६/०७७ को लागि तीन करोड ७१ लाख प्रस्तावित लक्ष्य तथा बजेट प्रस्तुत गरिन् ।
संस्थाका सचिव सुनिता आलेले बार्षिक प्रतिवेदन साथै नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । लेखा संयोजक सीता घलानले लेखा तथा सुपरिक्षवेणको प्रतिवेदन प्रस्तुत गरिन् । साधारणसभाका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको छ । सहकारीबाट सल व्यवसायीक ऋणी सुभद्रा चुनी, ठूलीमाया चुनी र डम्बरकुमारी गरन्जालाई सम्मानपत्रबाट सम्मानित गरियो ।
सभैभन्दा बढी शेयर खरिद गर्ने खडककुमारी आले, रत्नमाया घलान, केशरी आलेलाई पनि सम्मानपत्रमार्फत सम्मान गरिएको सहकारीका व्यवस्थापक सानुकान्छी सिंजालीले जानकारी दिइन् ।

साधारणसभाका सहभागी

यस्तै, निरन्तर ऐच्छिक बचत गर्ने दिलमाया आले, समृद्दि बचतकर्ता विनिता ठकुरी, चाडपर्व बचतकर्ता ठूली आचार्य सम्मानित भएका छन् ।
सभाका अवसरमा सृजनशील किशारी समूह, सहकारीका कार्यक्रममा बढी सदस्य सहभागी हुने फूलबारी महिला समूह (क), प्रगति महिला समूह र जनहित महिला समूह पनि सम्मानित भएको हो ।
साधारणसभाका अवसरमा शिक्षा बचतकर्ता सम्मानबाट सीता आले, अनिशा थापा, कर्म बचतकर्ता नम्रता थापा र अर्पण चुनी, खुत्रुके बचतकर्ता दिपेश चुनी, निशान चुनीलाई कापी तथा कलम सहित सम्मान गरियो ।
सहकारी भवन निर्माणका लागि सहयोग गरेकोमा भीमफेदी गाउँपालिका कार्यालय र सात नम्बर वडा कार्यालयलाई प्रशंसापत्र प्रदान गरियो । सभाका अवसरमा २२ जना सदस्यलाई ऋण बीमा कार्ड समेत प्रदान गरिएको जनाइएको छ । सभामा सहकारीका २ सय ५० जना सदस्यको सहभागिता रहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*