बकैया गाउँपालिकामा सहकारी लेखापाल तालिम

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आजबाट सहकारी लेखापाल सम्बन्धी तालिम सुरु भएको छ । गाउँपालिकामा रहेका विभिन्न सहकारीका अध्यक्ष र व्यवस्थापकलाई सहकारी लेखापालन सम्बन्धी तालिम प्रदान गरिएको हो । तालिम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीको उपस्थितीमा तालिम सुभारम्भ गरिएको हो ।
बकैया गाउँपालिका सहकारी शाखाको आयोजनामा संचालित तालिमबाट गाउँपालिकामा रहेका सहकारी संचालकमा दक्षता अभिवृद्दि हुने अपेक्षा गरिएको गाउँपालिकाका कृषि तथा सहकारी शाखा प्रमुख डीएन दहालले बताए ।
पाँच दिनसम्म संचालन हुने तालिममा प्रदेश भूभी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका भीम पाख्रीन र अस्वीनकुमार अर्यालले सहजीकरण गरिरहेका छन् ।