नेकपा भीमफेदीको चियापान

‘जनप्रतिनिधी शासक होइन सेवक बन्नुपर्छ ।’

लोकखबर
९ कार्तिक २०७६, शनिबार २०:४७

मकवानपुर । नेपाल कम्युनिष्ट पाटी (नेकपा) भीमफेदीले आज बडादशैं, दिपावली, नेपाल संवत ११४०, छठपर्वका अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

पाटी गाउँकमिटी अध्यक्ष सानु थापाको अध्यक्षता तथा संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
प्रमुख अतिथी ठकुरीले बडा दशैं, तिहार तथा छठ पर्वका अवसरमा सबैलाई प्रगतिका लागि शुभकामना व्यक्त गरे । उनले नेकपा नेतृत्वको सरकार समृद्द नेपाल तथा सुखी नेपालीको अभियानमा लागिपरेको भन्दै जनताको सेवा दिने कार्यमा जन प्रतिनिधीलाई आग्रह गरे । अहिले गाउँमा सिंहदरबार होइन सिंह मात्र आएको भन्दै व्यङ्ग्य गरिन थालिएकाले त्यस्ता भ्रमबाट मुक्त हुने गरी जनताको सेवा दिने कार्यमा नेकपाबाट निर्वाचित जन प्रतिनिधी जुट्नुपर्ने बताए । ‘जनप्रतिनिधी सेवा सुविधाको अलमलमा पर्नु हुँदैन ।’ उनले भने,‘ जन प्रतिनिधी शासक होइन, सेवक बन्नुपर्छ।’

चियापान कार्यक्रममा नेकपा भीमफेदी गाउँ कमिटी अध्यक्ष सानु थापा

चियापान कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, नेकपा मकवानपुरका सचिवालय सदस्य रामचन्द्र बल लगायत नेता लगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*