आज तिहारको भाइटिका, उत्तम साइत ११:५५ बजे

लोकखबर
१२ कार्तिक २०७६, मंगलवार ०७:३४

मकवानपुर । तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाइदैछ ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाउने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि लागि मध्यान्ह ११ः५५ बजेको समय उत्तम साइत रहेको पन्चांग समितिले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*