अनेरास्ववियुका नेता राई बलात्कारको आरोपमा पक्राउ

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन(अनेरास्ववियू(केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ । राईले एक अठार वर्षिया किशोरीमाथि बलात्कार गरेको आरोप लागेको हो ।
पीडित किशोरीले प्रहरीलाई राईले बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । अखिलका नेता राईले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६, माकलबारीमा रहेको साथीको कोठामा लगेर बलात्कार गरेको किशोरीको आरोप छ ।
राई रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव रहेको जनाइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) होविन्द्र बोगटीले बताए ।