राष्ट्रपति,प्रधानमन्त्रीले लगाए भाइटिका

लोकखबर
१२ कार्तिक २०७६, मंगलवार १५:४५

मकवानपुर । तिहारको अन्तिम दिन भाइटिका आज मनाइदैछ । विभिन्न व्यक्तित्वले पनि भाइटिका लगाएका छन् । भाइटिकाका दिन शीर्ष नेताले पनि परिवारसँग बसेर भाइटीका लगाएका छन् । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले दाजुभाइ तथा दिदीबहिनीको हातबाट भाइटीका लगाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाई डेगेन्द्र पाण्डेलाई टीका लगाएकी छिन् । उनले साइतमै ११ बजेर ५५ मिनेटमा टिका लगाएको शितल निवासले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले साढे १ बजे दुई बहिनीको हातबाट भाइटीका लर्गाए । झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवनमा रहेकी अर्की बहिनी विष्णुकुमारी ढकालले प्रधानमन्त्री ओलीलाई भाइटीका लगाइदिएका हुन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलले दिदी चन्दा ओझाबाट टिका ग्रहण गरे । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीको हातबाट बिहान १० बजेर ५१ मिनेटमा टीका लगाएका थिए ।

उत्तम साइत ११ः५५ बजे भएपनि आज दिनभर भाइटिका लगाउँन सकिने नेपाल पन्चांग निर्णायक समितिले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*