‘मकवानपुरमा ढुंगेगढी विकासका लागि सरकार तयार’

मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल मकवानपुरमा रहेका ढुंगेगढीलाई पर्यटकीय विकास गर्ने योजनामा छन् ।
मकवानपुरका विभिन्न क्षेत्रमा रहेका ढुंगेगढीलाई आवश्यक प्रचार प्रसार गर्न सके प्रसस्तै लाभ सकिने मुख्यमन्त्री पौडेलको सोच छ । यही सोचका कारण मकवानपुरमा ढुंगेगढीको विकासका लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्रीले बताइसकेका छन् ।
विभिन्न ढुंगेगढी हुनु पर्यटनका लागि मकवानपुरको अर्को विशेषता भएको जोड दिदै मुख्यमन्त्री पौडेल योजना बनाएरै ढुंगेगढी विकास गर्ने योननामा छन् ।
मुख्यमन्त्री पौडेलले मकवानपुरका विभिन्न ढुंगेगढीको अवलोकलन पनि गरेका छन् । उनका अनुसार स्थानीय तथा प्रदेश सरकारको सहयोगमा मकवानपुरका ढुंगेगढीको विकास गर्न सकिने छ ।
विभिन्न ऐतिहासिक महत्व राख्ने मकवानपुरका ढुंगेगढीलाई संरक्षण गर्न भने आवश्यक रहेकोमा जोड दिदै मुख्यमन्त्री पौडेलले ढुंगेगढीमा पर्यटनलाई आकर्षण गराउन सकिने बताए । प्रचार प्रसारको अभावका कारण पर्यटक नपुगेका ढुंगेगढीको विकासका लागि लागिपर्नुपर्ने मुख्यमन्त्री पौडेलको जोड छ ।