कारागारमा पुस्तकालय

लोकखबर
२९ कार्तिक २०७६, शुक्रबार १८:४८

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारमा पुस्तकालय संचालनमा ल्याइएको छ । पुस्तकालयको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । पुस्तकालय उद्घाटनमा मुख्यमन्त्री पौडेलले भीमफेदी कारागारमा देखिएका समस्या हल गर्न प्रदेश सरकार प्रतिबद्द रहेको बताए ।

लायन्स क्लव अफ भुटनदेवीले कारागारमा पुस्तकालय सहयोग गरेको हो । मुख्यमन्त्री पौडेलले खानेपानी, फोहोर व्यवस्थापन, आन्तरिक सुरक्षा, स्वास्थ्य, विद्यालय निर्माण लगायत विभिन्न समस्याका विषयमा जानकारी समेत लिएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, लायन्स क्लब अफ भुटनदेबीकी रजनी तिवारी, शम्भु नकर्मी लगायत सहभागी थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*