बिजुलीको पैसा नतिर्ने शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’

लोकखबर
२९ कार्तिक २०७६, शुक्रबार २०:४२

मकवानपुर । विजुलीको पैसा नतिर्न प्राधिकरणलाई मुद्धा हाल्ने हेटौंडाको शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’ प्राप्त गरेको छ । विधुतको रकम नर्तिका लागि अदालतमा समेत पुगेर मुद्धा हाल्ने शिवम सिमेन्ट उद्योगलाई यो अवार्ड दिईएको हो । शिवमले बिभीन्न विषयमा सरकारलाइ मुद्धा हाल्दै आएको छ ।

शिमेन्टमा आफ्नै चुनढुङ्गा भने होङसी सिमेन्ट उद्योगलाई विक्री गरेर भारतिय क्लीङकरबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । हजारौ टिप चुनढुङ्गा होङसी सिमेन्ट उद्योगलाई विक्री गरेर अहिले भारतबाट क्लीङ्कर ल्याएर पहिलेको भन्दा गुणस्तर खस्कनेगरी सिमेन्ट उत्पादन गरेको त्यहाँका कर्मचारीहरु वताउँछन् । शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ ।

शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने अवार्ड हात पार्न सफल भएको हो । अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी प्रथम हुने कम्पनीलाई वितरण गर्ने गरिन्छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ड अर्यालले शिवम् सिमेन्ट उद्योगका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई ‘एनएस क्वालिटी अवार्ड’ प्रदान गर्नु भएको हो ।

निरन्तर उत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परीक्षण गरी उच्च गुणस्तरको उत्पादन गरेकाले शिवम सिमेन्टलाई यस्तो अवार्ड हस्तान्तरण गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

शिवम सिमेन्टले गुणस्तरको मामलामा ‘नो कम्प्रोमाईज’ मुख्य नारासहित राष्ट्रको विकास, निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

कार्यक्रममा सचिव अर्यालले गुणस्तरीय उत्पादनको माध्यामबाट देशको विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको भन्दै शिवम् सिमेन्टप्रति आभार व्यक्त गरे ।
जनपत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*