आज मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।
सम्भवत आज नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । हिजो साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । तर कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन । सचिवालयका एक सदस्यका अनुसार नामहरु टुंगो नलागेकाले आज विहानसम्म तय हुनेछ ।
मन्त्रिपरिषद पुनर्गठन गर्दा कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुदमन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवलाई विदा दिने सम्भावना छ । श्रममन्त्री गोकर्ण बिष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, वनमन्त्री शक्ति बस्नेत लगायतका विषयमा भने छलफल चलिरहेको बताइएको छ ।