एपेन्डिसाइटिसबाट यसरी जोगिने

लोकखबर
१५ माघ २०७६, बुधबार ०८:११

मकवानपुर । पेटको दाहिनेतर्फ मुनिपट्टी रहेको थैली आकारको अंग एपेन्डिक्स हो । यो अंग सुनिनु नै एपेन्डिसाइटिस हुनु हो ।
एपेन्डिसाइटिस हुँदा पेटको तल्लो भागमा दुखाई हुने गर्दछ । यो जुनै उमेरका मानिसलाई पनि हुने गर्दछ । एपेन्डिसाइटिस भएमा यसलाई शल्यक्रिया गरेर हटाइन्छ ।

एपेन्डिसाइटिस हुँदा नाइटो आसपासमा धेरै नै दुख्छ । यो दुखाई पेटको तलतिर दाहिने भागमा सर्न थाल्दछ । खोक्दा, हिँड्दा वा जिउ तन्काउँदा समेत यसको दुःखाई बढ्ने गर्दछ । यस्तो बेला खाना अरुचि हुने, ज्वरो आउँने,पेट फुल्ने, चक्कर आउने वा बान्ता समेत हुनसक्छ ।
यसलाई समयमै उपचार गर्नुपर्छ । एपेन्डिसाइटिसको उपचार ढिला भएमा गम्भीर समस्या आउन सक्छ । कतिपय अवस्थामा एपेन्डिक्स फुट्दा पेटमा संक्रमण समेत हुन्छ । यस्तोमा तत्काल चिकित्सकको परामर्श अनुसार शल्यक्रिया गरी एपेन्डिक्स हटाउनुपर्छ । साथै पेटको क्याभिटी पनि सफा गर्नुपर्छ । यसको उपचार भनेकै शल्यक्रिया गरेर एपेन्डिसलाई फाल्नु रहेको चिकित्सकहरुको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*